गोरखाका प्रकाश लागूऔषधसहित पोखरामा पक्राउ

पाेखरा | साउन ८, २०८२

गोरखाका प्रकाश लागूऔषधसहित पोखरामा पक्राउ

पोखरा:  गोरखाको अजिरकोट गाउँपालिका–३ का प्रकाश गुरुङ लागूऔषधसहित पोखरामा पक्राउ परेका छन् । 


पोखरा महानगरपालिका–३२ लामेआहाल स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा ग ६ प १६३० नम्बरको मोटरसाइकलमा सवार गुरुङलाई प्रहरीले लागूऔषधसहित मंगलबार पक्राउ गरेको हो । 


पक्राउ परेक गुरुङको साथबाट प्रहरीले २ केजी ९ सय ग्राम लागूऔषध, १ थान मोबाइल र १ हजार रुपैयाँ बरामद गरेको छ । 


पक्राउ परेक उनलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्